भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा दुई हजार भन्दा धेरैको मृत्यु – Kanika Khabar
Thursday, November 13Nepali News Portal

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा दुई हजार भन्दा धेरैको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।

भारतमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा दुई हजार भन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुइ हजार तीन जनाको मृत्यु भएको हो ।
यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार नौ सय तीन पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि तीन लाख ५४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १३ हजार चार सय ४५ संक्रमित फेला परेका छन् भने पाँच हजार पाँच सय ३७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै तामिलनाडुमा अहिले सम्म ४८ हजार १९ संक्रमित फेला परेका छन् भने ५२८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार नौ सय ३५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्