कनिका संवाददाता
आसार ३, काठमाडौं ।
बुधवार विहान सवा ४ बजे पहिरो झरेर अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड साँझ ६.३० बजे एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
ईच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा खसेको पहिरो हटाएर १४ घण्टापछि एकतर्फी रुपमा सञ्चालन गर्न सकिएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । उनका अनुसार दुईतर्फी सडक खुलाउन बिहिबारसम्म लाग्नेछ ।
चार किलोमा ठूलो डाँडा नै सडकमा झरेकोले समय लागेको सूचना अधिकारी खनालले बताए । पहिरो हटाउन दिनभर पाँच वटा डोजर प्रयोग गरिएको थियो । सडक अवरुद्ध भएपछि रोकिएका दर्जनौं सवारी साधनलाई विस्तारै गन्तब्यतिर जान थालेका छन् ।