मा प्रकाशित
कनिका खबर
असार ३, दाङ ।
असार ३, दाङ ।
दाङ र सल्यानमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पिसिआर परिक्षणमा दाङका ८ र सल्यानका २५ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार दाङको राप्ती गाउपालिका ५ र गढवा गाउपालिकाका ३ जना गरि ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ५१ पुगेको छ ।
त्यसैगरी सल्यानको कुमाख, बागचौर र त्रिवेणी गाउँपालिकाका २५ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा देखिएका संक्रमित मध्य ४ जना महिला र २९ जना पुरुषहरु छन् ।