किमुचौरमा तयार भयो ५० बेडको आइसोलेसन सेन्टर, थप १४ जनाको स्वाब लिइयो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

किमुचौरमा तयार भयो ५० बेडको आइसोलेसन सेन्टर, थप १४ जनाको स्वाब लिइयो

    मा प्रकाशित

शंकर के.सी.
सल्यान, ३ असार ।
ल्यानको कपुरकोट गाउँपालिकामा ५० बेडको आइसोलेसन तयार भएको छ । वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा कोरोना विशेष आइसोलेसन सेन्टर निर्माण गरिएको हो । आइसोलेसन बनाउनका लागि नेपाली सेनाले श्रम शक्ति परिचालन गरेको थियो ।
निर्धारित समयभित्रै तयार भएको सुविधा सम्पन्न आइसोलेसन सेन्टरको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले अवलोकन समेत गरेका छन् । कणर्ाली प्रदेश सरकारले पठाएको ९ लाख २० हजार रुपैयाँ तथा आफ्नो पालिकाको ब्यवस्थापन र नेपाली सेनाको श्रम शक्तिबाट समयमै आइसोलेसन तयार गर्न सकिएको बताए ।
सम्भावित कोरोना संक्रमितको उपचारलाई प्रभावित हुन नदिनका लागि आइसोलेसन वार्ड तयार गरिएको हो । आइसोलेसन सेन्टरमा महिला पुरुषका लागि छुट्टा छुट्टै शौचालयको ब्यवस्था, धारा, विजुली बत्ति लगाएतको ब्यवस्था गरिएको कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले बताए ।
कोरोना परिक्षणका लागि १४ जनाको स्वाब संकलन


यसैविच बुधबार कपुरकोट गाउँपालिकाबाट कोरोना परीक्षणका लागि १४ जनाको स्वाब संकलन गरिएको छ । भारतबाट आएका तथा कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरु गरेर १४ जनाको स्वाब लिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताए । पिसिआर विधिबाट कोरोना भए नभएको पत्ता लगाउनका लागि स्वाब संकलन गरिएको हो ।
स्वाब संकलनका लागि आवश्यक पर्ने भीटीएम गाउँपालिकाले नै खरिद गरेको छ । संकलित स्वाबलाई बुधबार नै परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ स्थीत प्रयोगशालामा लगिएको संयोजक दाहालले बताए । कपुरकोटमा हाल सम्म एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उनको सल्यान सदरमुकाम स्थित आइसोलेसनमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्