टोल विकास संस्थाको अध्यक्षमा शिक्षाप्रेमी भण्डारी – Kanika Khabar
Saturday, May 4Nepali News Portal

टोल विकास संस्थाको अध्यक्षमा शिक्षाप्रेमी भण्डारी

    मा प्रकाशित

No description available.चैत्र ५, दाङ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ अवस्थित जय हनुमान टोल बिकास सस्थाको १४ साधारण सभाबाट अध्यक्षमा शिक्षाप्रेमी बिमल भन्डारी चयन भएका छन् । आज शनिबार सम्पन्न साधारण सभाले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सस्थाका अध्यक्ष यमप्रसाद आचार्यलेको अध्यक्षता तथा वडा नम्बर १७ का वडा अध्यक्ष खुशीराम चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । प्रमुख अतिथि चौधरीले वडाले छिटै समयमा विकास निर्माणको कमलाई निरन्तर रुपमा अगाडि बढाउने बताएएका थिए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु हरि सुवेदी र गोबिन्द प्रसाद भुसालले शुभकामना मन्तव्य राखेको थिए । त्यस्तै भेषराज आचार्य , पुस्पा भुसालले पनि शुभकामना मन्तव्य दिएका थिए ।
कोषाध्यक्ष बिमल भण्डारीले आर्थिक प्रतिवेदन र सचिव गोपाल प्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै सभाले उपाध्यक्षमा सन्ताेषी परियार,   सचिवमा भेषराज आचार्य, कोषध्यक्षमा श्रीकृष्ण सुवेदी, सदस्यहरुमा माधव प्रसाद भट्टराई, दुर्गेश सुवेदी, डिलु चौधरी, सुबि रोका, सीता योगीलाई चयन गरेका छ ।

सभाले ज्येष्ठ नागरिक खगराज भुसाललार्इ सम्मान गरेको थियो । कोषाध्यक्ष विमल भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव गोपाल प्रसाद रेग्मीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्