विदेशमा रहेका थप नेपालीलाई आज स्वदेश आउँदै, अहिलेसम्म १३ देशबाट १५ सय ७९ जना स्वदेश फर्किए – Kanika Khabar
Thursday, April 18Nepali News Portal

विदेशमा रहेका थप नेपालीलाई आज स्वदेश आउँदै, अहिलेसम्म १३ देशबाट १५ सय ७९ जना स्वदेश फर्किए

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्दार जारी राखेको छ । आज मलेसिया, कुवेत र ओमानबाट नेपालीहरूलाई स्वदेश फर्काइँदैछ । कुवेतबाट आममाफीमा सहभागी १ सय ५० जना नेपालीलाई कुवेत सरकारले नै नेपालसम्म ल्याइदिने छ ।
कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाण्डौ आउनेछ । उनीहरुरू सबैजनालाई कोरोना जाँचसहित कुवेत सरकारले निःशुल्क ल्याउन लागेको हो । यस्तै, ओमानबाट १८० जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ल्याउन लागेको हो । यस्तै, आजै मलेसियाबाट पनि नेपालीहरू स्वदेश फर्कंदै छन् । त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो ।
आज साउदीको रियादबाट नेपाल एअरलाइन्सले उडान भर्ने तालिका भने रद्द भएको छ । आजको सट्टा रियादबाट नेपाल एअरलाइन्सले जुन २१ अर्थात् असार ७ गते उडान भर्ने भएको छ । आजै संयुक्त अरब इमिरेट्स यूएईबाट हुने नेपाल एअरलाइन्सको उडान पनि रद्द भएको छ । हिजोसम्म १३ देशबाट १५ सय ७९ जना स्वदेश फर्किएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्