सरकारमा बस्नेहरुलाई बदनाम नगरौँ : प्रधानमन्त्री – Kanika Khabar
Friday, May 16Nepali News Portal

सरकारमा बस्नेहरुलाई बदनाम नगरौँ : प्रधानमन्त्री

    मा प्रकाशित

कनिका खबर
असार ४, काठमाडौँ ।
सदन र सडकबाट सरकारमा बस्नेहरुलाई बदनाम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाएका छन् । आज बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराखौँ ।’
सदन र सडकमा बारबार उठिरहेको कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्बको हिसाबमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । यस प्रश्नको जवाफ दिंदै उनले भने ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।’ १० अर्ब तल पठाइयो भनेर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई सङ्केत गरे । स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्