एकै दिनमा थपिए दैलेखमा ८६ र सुर्खेतमा ३४ जना सङ्क्रमित – Kanika Khabar
Friday, March 29Nepali News Portal

एकै दिनमा थपिए दैलेखमा ८६ र सुर्खेतमा ३४ जना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।

पछिल्लो अद्यावधिक अनुसार आज एकै दिनमा दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज मात्र कर्णाली प्रदेशमा १२० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणबाट सुर्खेत र दैलेखका १२० जनामा कोरोना पुष्टि भएको हो । कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या १२२४ पुगेको छ । जसमध्ये बिहीबारसम्म ५०५ जना डिस्चार्ज भएका छन् ।

दैलेखको महाबु गाउँपालिका वडानम्बर २, ३, ४, ५ र ६, भैरवी गाउँपालिका(१, चामुण्डा विन्द्रासैनी नगरपालिका(६, दुल्लु नगरपालिका वडानम्बर ३ र ५ र गुराँसे गाउँपालिकाका १ र ५ वडामा संक्रमित भेटिएका हुन् । महाबुको वडा नम्बर २ का मात्रै एक बालक र ४ महिलासहित ५२ जना रहेका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा संक्रमित भेटिएका छन् ।

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट ६ जना, दैलेखको महाबुबाट एकजना, सुर्खेतको सालकोटबाट ३ जना, सिम्ताबाट एकजना गरी ११ जना डिस्चार्ज भएका छन् ।
कर्णालीमा हालसम्मा ४ जनाको मृत्यु भइसकेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्