ट्रप्मले मागे सि जिनपिङसँग सहयोग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ट्रप्मले मागे सि जिनपिङसँग सहयोग

    मा प्रकाशित

कनिका खवर
असार ४, दाङ ।
अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जोन बोल्टनले, बर्तमान रास्ट्रपति डोनाल्ड ट्रम्पले, २०२० मा हुन गइरहेको अमेरिकी रास्ट्रपति चुनावमा सहयोग लागि चिनियाँ राष्ट्रपति शी जिनपिङसंग सहयोग मागेको खुलासा आफ्नो किताब मार्फत गरेका छन् । जोन बोल्टनका अनुसार गत वर्ष जुन २९ मा ओसाकामा सम्पन्न जी २० सम्मेलको अवसरमा ट्रम्प र जिनपिंङको भेटमा ट्रम्पल जिनपिंङसंग उनलाई राष्ट्रपति पदको चुनावमा सहयोग गर्न आग्रह गरेका हुन् ।
ह्वाइट हाउसले पनि बोल्टनको पुस्तकमा गोप्य जानकारीहरु धेरै रहेको जनाएको स्विकार गरेको छ । न्याय विभागले यस पुस्तकलाई अस्थाई रुपा प्रतिबन्ध लगाउने आदेश दिएको छ ताकी यो वितरण हुनवाट रोसकियोस् ।“ द रूम व्हेयर इट ह्यापेंड ” शीर्षकमा प्रकाशित हुन लागेको त्यस पुस्तकका केही अंशहरु द न्यू योर्क टाइम्स, द वाशिंगटन पोष्ट र द वाल स्ट्रिट जर्नलमा बुधबार प्रकाशित भएका थिए ।
साइमन एण्ड चस्टर द्वारा प्रकाशित पुस्तक जून २३ सम्ममा स्टोरहरूमा उपलब्ध हेुनेछ। राष्ट्रपति ट्रप्मले बोल्टनलाई गत वर्ष बर्खास्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्