एमसीसीमा प्रधानमन्त्रीलाई बामदेव गौतमको साथ रहेन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एमसीसीमा प्रधानमन्त्रीलाई बामदेव गौतमको साथ रहेन

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
बहुचर्चित एमसीसीका बारेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा प्रष्ट पारेका छन् । यस्तो धारणा व्यत्तः गर्दै गौतमले एमसीसी लगायत पार्टी संचालनसम्बन्धी मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको प्रष्टिकण पारेका हुन् ।
उपाध्यक्ष गौतमले आफ्नो सचिवालयका सदस्य तथा प्रेस संगठनका नेता समेत रहेका विश्वमणी सुवेदीमार्फत यस्तो घोषणा गरेका हुन् । सुवेदीमार्फत गौतमले ३ बुँदे प्रष्टिकरण दिँदै पार्टीभित्रको अन्तरविरोध र मुख्य मुद्दाहरुमा आफ्नो ‘पोजिसन’ स्पष्ट पारेका छन् ।
उपाध्यक्ष गौतमले प्रष्टिकरणमा गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार रहेको उल्लेख छ । त्यसैगरी उनले सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा चित्रित गर्ने क्रम बन्द गर्न पनि ओलीपक्षधरलाई चेतावनी दिएका छन् । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो धारणालाई स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले लेखेका छन् :

१. क. वामदेव गौतम सरकारमा जाने हल्ला पूर्णत: निराधार हो । सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस् । (संसोधित नक्सा जारी गर्ने एजेण्डा नै उहाँको थियो । हामीले यसअघि नै प्रेस नोटबाट यो कुराको जानकारी दियौं ।)
२. क. केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । क. वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । क. वामदेवलाई पनि त्यहीँ भेटिदैछ ।
३. उहाँ अझै केही समय सार्वजनिक प्रतिक्रियामा आउनुहुने छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्