कनिका डेस्क
असार ५, दाङ
जुन १२ तारिखमा नेपाल भित्रिएको मनसुन सक्रिय बन्दै गएको मौसमविद्हरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापीय प्रणाली बनेको छ । जुन नेपालनजिकै पर्छ । यसैकारण नेपालमा मौसम बदली अझ तीव्र बन्दै गएको उहाँले जानकारी दिनुभयो ।
आज पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ । प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि प्रधानांगको भनाइ छ । काठमाडौँ उपत्यकामा आज मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ । हिजो काठमाडौँ उपत्यकामा २३ मिलिमिटर वर्षा भएको थिए ।
आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।