स्थानीय सरकारले नचिनेको लमही अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियम – Kanika Khabar
Sunday, May 19Nepali News Portal

स्थानीय सरकारले नचिनेको लमही अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियम

    मा प्रकाशित

प्रिया स्मृती गजमेर

लमही,२५ चैत/

लमहीमा रहेको अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियम अव्यवस्थित हुनाले जिल्ला स्तरीय सगरमाथा डि.सि.याल टि–२० क्रिक्रेट प्रतियोगिता घोराही र लुम्बिनी प्रदेशस्तरिय खेलाडी छनोट प्रतियोगिताको फाइनल खेल भैरहवामा हुन पुग्यो । त्यति मात्र हैन, क्रिक्रेट स्टेडियम खेल खेल्नका लागि तयारि छ तर पहुँच र शक्तिका आधारमा लमहीमा प्रतियोगिता राखिदैन ।

राज्यका निकायबाट भएका अनुगमनका बेला देशकै उत्कृष्ट क्रिकेट मैदानका रुपमा लमही क्रिकेट मैदानले उपाधि पाउने गर्दछ । करोडौंको लगानीमा निर्माण भएको लमही क्रिकेट मैदानमा हाल सम्म तीन वटा प्रतियोगिता बडो मुस्किलले भएका छन् । सारमा बुझ्दा स्थानीय सरकारले यस क्रिकेट मैदानको समग्र विकास, संरक्षण र प्रबर्धन गर्न सकेन भन्ने स्थानीय जनताको बुझाई छ ।

राज्यको करोडौं रुपैयाँ खर्च गरेर बनाइएको यस मैदानप्रति स्थानीय सरकारले कुनै चासो राखेको छैन । यदि लमही नगरपालिकाले चाहेको खण्डमा खेल क्षेत्रका प्रतिनिधिसंग समन्वय गरि थुप्रै प्रतियोगिता आयोजना गर्न सक्ने लमही नगरपालिका ५ का स्थानीय रुपेश गुप्ताले बताए । ‘खेलप्रति स्थानीय सरकारले कुनै चासो देखाएन, अब त् झन् उनीहरुको कार्यकाल सकियो के आश गरौ’– गुप्ताले भने ।

लमही नगरपालिकाले लमही क्रिकेट मैदानलाई हेर्ने नजर फरक भएको उखुरी क्रिक्रेट कल्वका उपाध्यक्ष प्रकाशकुमार जिसीले बताए । जिसी भन्छन,–स्वामित्व मात्र लिन खोज्ने, त्यसको मर्मत सम्भारमा चासै नदिने यस्तो पनि हुन्छ ? लमहीका मेर साबले कार्यक्रममा खेलको बारे खुब बोल्नु हुन्छ तर व्यवहारमा कतै लागु भएको देखिएन जिसीले भने ।

स्थानीय सरकारबाट अपेक्षा गरिए अनुसारको सहयोग हुन् नसकेको देउखुरी क्षेत्रका खेलप्रेमीहरुको गुनासो छ । मैदानभित्र बनेका संरचना
(खेलाडीले प्रयोग गर्ने कोठा) जिर्ण हुदै गएका छन् । ती संरचनालाई सक्रिय र चलायमान बनाउन स्थानीय पालिकाबाट कुनै पहलकदमी देखिएको छैन ।

लमहीको क्रिकेट मैदान नेपालको दोस्रो ठूलो मैदानको रुपमा परिचित छ तर यस मैदान भित्र घाँस बढेर गौचरन जस्तो भएको छ । मैदानको संरक्षण गर्नु स्थानीय पालिकाको दायित्व हो । मैदानको पूर्वतिरको प्याराफिट लमही नगरपालिकाले निर्माण गरेको हो तर त्यहि भित्रको मैदान संरक्षणमा स्थानीय सरकार नै मौन बसेको छ ।

लमहीको क्रिकेट मैदानलाई पूर्णता दिनका लागि अझै थुप्रै कार्यहरु बाँकी छ । मैदनाभित्र स्कोर बोर्ड र एलइडि (डिस्प्ले) डिजिटल बोर्ड स्थापना गरिएको छ, तर ती बोर्ड प्रयोग बिहिन छन । बोर्ड स्थापना भएदेखि मैदानमा खेल भएको छैन । त्यसैगरी मैदानभित्र रहेको इन्डोर हल, निर्माण कार्य पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।

सोही मैदानभित्र पाँचवटा पिच छन् तर, पिच संरक्षण गर्ने क्युरेटर छैन । जसले गर्दा उक्त पिच दिनप्रतिदिन जिर्ण बन्दै गइरहेका छन् । ‘क्युरेटर विना मैदानको अर्थ छैन । अहिले मैदानभित्र अनावश्यक झार उम्रिएका छन् । एउटा क्युरेटर र दुईवटा ग्राउन्ड कामदार नभएसम्म मैदान संरक्षण गर्न सकिदैन । यस विषयमा स्थानीय पालिकाले तदारुकता देखाउन पर्ने आवश्यक देखिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्