देश इतिहासकै कठिन ढंगबाट चलिरहेको छ : लिङ्देन – Kanika Khabar
Sunday, May 19Nepali News Portal

देश इतिहासकै कठिन ढंगबाट चलिरहेको छ : लिङ्देन

    मा प्रकाशित

चैत्र २५, दाङ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौंमा चुनाबी सभा गरेको छ ।देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेको हो ।

स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा, डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी हुनुभएको थियो ।

कार्यक्रममा नेता–कार्यकर्ताहरू हलो, झण्डा र पम्पलेटसहित उपस्थित भएका थिए ।अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाली काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको धारणा राख्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्