राष्ट्र बैंकका गभर्नर निलम्बित – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राष्ट्र बैंकका गभर्नर निलम्बित

    मा प्रकाशित

चैत्र २५, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन भएका छन् । सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो ।

विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायत आरोप गभर्नर अधिकारीमाथि लगाइएको हो । अधिकारीलाई सरकारले आज शुक्रबार निलम्बन पत्र दिइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले अधिकारी निलम्बनमा परेको पुष्टि गरेका छन् ।

यसैबीच, अधिकारीमाथि छानविन गर्न पूर्वन्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनाइएको छ । समितिलाई छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी निलम ढुंगानालाई डेपुटी गभर्नरको जिम्मेवारी दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्