आज चैते दसैँ मनाइँदै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आज चैते दसैँ मनाइँदै

    मा प्रकाशित

चैत्र २६, दाङ ।
आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दसैँ मनाइँदै छ । देवीको पूजा उपासना गर्दै चैते दसैँ मनाइने गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक असोज र चैतमा मनाउने गर्दछन्।असोजमा मनाइने दसैँलाई बडादसैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईने दसैँलाई चैते दसैँ भनिन्छ ।

आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ। वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ ।

चैते दसैँको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, सङ्कटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्