रामनवमीको अवसरमा आज सार्वजनिक बिदा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

रामनवमीको अवसरमा आज सार्वजनिक बिदा

    मा प्रकाशित

चैत्र २७, दाङ ।
सरकारले रामनवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको राम नवमीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज सूचना निकालेर यसबारेमा जानकारी गराएको हो । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वमाभगवान रामचन्द्रको पूजा आराधना गरिन्छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको कोखबाट रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीको दिन भएको थियो ।

विष्णुको सातौँ अवतारमा रुपमा भगवान रामलाई लिने गरिन्छ । रामनवमीको अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्