२४ संक्रमित गण्डकी प्रदेशमा थपिए – Kanika Khabar
Sunday, April 20Nepali News Portal

२४ संक्रमित गण्डकी प्रदेशमा थपिए

    मा प्रकाशित

कनिका संवाददाता
असार ५, पर्वत
गण्डकी प्रदेका चार वटा जिल्लामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज बिहान बागलुङमा १४, कास्कीमा ६, पूर्वी नवलपरासीमा २ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशक एवम् प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार बागलुङको गल्कोट नगरपालिकामा ४५, ३८, ३५, ३०, २२ र १९ वर्षका पुरुष तथा ४२ र २० वर्षका दुई जना महिला गरि ८ जनामा संक्रमण देखिएको छ ।

बागलुङकै काठेखोला गाउँपालिकामा २४, २९, २२, २०, २३ र २९ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । डा. शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन् । पोखरामा संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष संगै ३० र ५६ वर्षीया २ जनामा महिला समेत रहेका छन् । कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा पनि आज नै कोरोना संक्रमण पाइएको छ ।

गण्डकी प्रदेशकै पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र स्याङजाकै पालिका नखुलेका ६३ वर्षिय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका सबै भारतबाट फर्किएका र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।

११ जिल्ला रहेको गण्डकीमा मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्