कोरोना अपडेट : सङ्क्रमित थपिने दर कम हुँदै, देशभर ६ सय सक्रिय संक्रमित – Kanika Khabar
Sunday, May 19Nepali News Portal

कोरोना अपडेट : सङ्क्रमित थपिने दर कम हुँदै, देशभर ६ सय सक्रिय संक्रमित

    मा प्रकाशित

चैत्र २७, दाङ ।

नेपालमा कोरोना सङ्क्रमित थपिने क्रममा कमि आएसँगै सक्रिय सङ्क्रमितको संख्या पनि घट्दै गएको छ ।

गत २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार १५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा ४४ जना संक्रमित निको भएसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ सय ३७मा झरेको छ ।

पछिल्लो समय कोरोना निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालका अहिलेसम्म ११ हजार ९५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्