स्थानीय निर्वाचन : गठबन्धनकाे चुनावी तालमेलकाे माेडालिटी भाेलिसम्म आउने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

स्थानीय निर्वाचन : गठबन्धनकाे चुनावी तालमेलकाे माेडालिटी भाेलिसम्म आउने

    मा प्रकाशित

चैत्र २८, काठमाडौँ ।

स्थानीय निर्वाचनमा सत्तारूढ गठबन्धनकाे चुनावी तालमेलकाे माेडालिटी कस्ताे हुने भन्ने सन्दर्भमा भाेलि मंगलबारसम्म तालमेलकाे माेडालिटी सार्वजनिक गरिने भएकाे छ ।

आज साेमबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न आह्वान गरेकाे हाे ।

गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, माेडालिटीका बारेमा निष्कर्षमा भने पुग्न सकेन । बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने ? कुन आधारमा गर्ने ? भन्नेबारे छलफल भएको थियो । चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा टुंगो लगाउने उनीहरूको तयारी छ । भोलि बस्ने बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्