देशमा आर्थिक सङ्कटको अवस्था आएको भन्दै गलत प्रचारबाजी : अर्थमन्त्री शर्मा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

देशमा आर्थिक सङ्कटको अवस्था आएको भन्दै गलत प्रचारबाजी : अर्थमन्त्री शर्मा

    मा प्रकाशित

चैत्र २८, काठमाडौँ ।
अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक सङ्कटको अवस्था आएको भन्दै गलत प्रचारबाजी भइरहेको भन्दै आपति जनाएका छन् ।

अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सुचकहरू सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । आम जनमानस र व्यवसायिक जगतलाई हतोत्साहित गर्न नहुने र र राजनीतिकरण गर्न नहुने भन्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र सङ्कटमा आएको भन्दै प्रचार गर्न नहुने बताउनुभयो । शर्माले सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताउदै नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको जानकारी दिए ।

यो कुल गाहस्थ्र्य उत्पादनको ४३ दशमलब ४ प्रतिशत हुने उनले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ४० अर्ब ६६ करोड भुक्तानी गर्नुपर्ने छ । जुन हाल रहेको वैदेशिक विनिमय सञ्चितिको तुलनामा न्युन भएको शर्माले दावी गरे ।
यसैबीच, अर्थमन्त्री शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत भएको पनि बताएका छन् ।

छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताउदै उनले समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्