निर्वाचन आयोगले थाल्यो स्पष्टीकरण माग्न – Kanika Khabar
Sunday, May 19Nepali News Portal

निर्वाचन आयोगले थाल्यो स्पष्टीकरण माग्न

    मा प्रकाशित

चैत्र २८, काठमाडौँ ।
निर्वाचनमा ६ करोड खर्च भएको भन्ने अभिव्यक्तिलाइ लिएर निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।

कोइरालाले आफूले निर्वाचनमा भाग लिदा ६ करोड खर्च भएको भन्नेबारेमा दिएको अभिव्यक्ति सञ्चार माध्यममा आएको थियो । यसबारेमा ७ दिनभित्र यर्थाथ जानकारी गराउन आयोगले नेता कोइरालालाइ आग्रह गरेको छ ।

नवलपरासी बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ ।

तर विभिन्न सञ्चारमाध्यममा ६ करोड खर्च भएको बताएकाले यसबारेमा जानकारी दिन आयोगले भनेको हो ।
यसैबीच, निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा एसलाइ स्पष्टीकरण सोधेको छ । अस्ति शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा नेकपा एसले आचारसंहिता उल्लङघन गरेको उजुरी परेपछि आयोगले ३ दिनभित्र जवाफ दिन आग्रह गर्दै पत्र काटेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले प्रमाणसहित चित्त बुझ्दो जवाफ पेस गर्न आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्