सत्ता गठबन्धनको बैठक : चुनावी मोडालिटी बनाइने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सत्ता गठबन्धनको बैठक : चुनावी मोडालिटी बनाइने

    मा प्रकाशित

चैत्र २९, दाङ ।
आज मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्न थालेको हो । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए ।

७ सय ५३ पालिकामै तालमेलका लागि भागबन्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

मोडालिटी बनेपछि कुन दलले कहाँ नेतृत्व गर्ने भन्नेबारे निर्णय गर्न व्यावहारिक हुने मन्त्री कार्कीको भनाइ छ । यसैबीच, ७ सय ५३ पालिकामै चुनावी तालमेल गरी भागबन्डाको गृहकार्य गरेपछि सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्न थालेको छ ।

डाक्टर शेखर कोइराला समूहले पार्टीको निर्णय र विधानको व्यवस्था विपरीत तालमेलको मोडालिटी तय भए कठिन हुने बताएको छ । केन्द्रबाट महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भए पनि उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवार चयन र तालमेलको निर्णय तत्तत् निकायबाटै हुनुपर्ने कोइराला समूहको माग छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्