अब हाम्रो कब्जामा कुनै भारतिय सेना छैनन्ः चीन – Kanika Khabar
Friday, April 19Nepali News Portal

अब हाम्रो कब्जामा कुनै भारतिय सेना छैनन्ः चीन

    मा प्रकाशित

कनिका खवर
असार ५, दाङ ।
गलवान भ्यालीमा भएको हिंस्रक झडप पश्चात चीनको कब्जामा रहेका भारतिय सैनिकहरुलाई आज रिहा गरेको छ ।
तीन दिनसम्म नियन्त्रणमा लिएर आज १० जना भारतिय सैनिकहरुलाई रिहा गर्दै चीनले अव उसको नियन्त्रणमा कुनैपनि भारतिय सेना नरहेको बताएको छ । चीनको विदेश मन्त्रालयले उक्त हिंसात्मक घटनाको लागि भारतलाई नै जिम्मेबार रहेको बताउँदै, तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्नका लागि दुवै देशको विचमा बार्ताहरु भइरहेको समेत चीनको विदेश मन्त्रालयले जनाएको छ ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिनले, चीनको सामान बहिष्कार गर्ने तर्फ इंगित गर्दै, भने “जहाँसम्म गलवान भ्यालीको गंभिर स्थितिको कुरा हो भने राम्रो वा नराम्रो भन्ने स्पष्ट छ । यसको पुरा जिम्मेवारी भारतिय पक्षको हो । भारत र चीनले स्थितिलाई समाधान गर्नका लागि कुराकानी गरिरहेका छन् । चीन, भारत र चीनको संवन्धलाई धेरै नै महत्व दिने गर्छ । आशा गर्दछु कि दुबै देश दुई पक्षिय सम्बन्धको रक्षाको लागि सहकार्य गर्न सक्नेछन् ।”

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्