प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारी – Kanika Khabar
Saturday, March 15Nepali News Portal

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारी

    मा प्रकाशित

कनिका खबर
असार ५, दाङ

झापाका खगेन्द्रप्रसाद अधिकारीलाई सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको उपाध्यक्षमा मनोनयन गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनयन गरेको जानकारी दिए ।

त्यस्तै ताप्लेजुङ फुङलिङ नगरपालिका–९ का फुपु छेम्बे शेर्पा वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् भने कार्यकारी निर्देशकमा नुवाकोट दुप्चेश्वरका होमबहादुर दाङ नियुक्त भएका मन्त्री खतिवडाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

काभ्रेको नमोवुद्ध नगरपालिका – ७ घर भएका उनले केही महिनाअघि अर्थ मन्त्रालयको सचिव पदबाट अवकाश पाएका डा. राजन खनाललाई मन्त्रिपरिषद बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्