आज कतारबाट ४३ नेपाली कामदार स्वदेश फर्किए – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज कतारबाट ४३ नेपाली कामदार स्वदेश फर्किए

    मा प्रकाशित

कनिका खबर
असार ५, दाङ ।

कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश फर्किएका छन् । कतार एयरवेजको विमान मार्फत उनीहरू आज दिउँसो त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।
कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ । अघि साढे १२ बजेतिर आइपुगेको क्युआर ३२३४ नम्बरको उडानबाट २० नेपालीको शव पनि ल्याइएको छ ।
कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव ल्याइएको हो । ६ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका थिए । १० जनाको परिवारको सहमतिमा कतारमै अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ । सम्बन्धित परिवारको घरमै पु¥याउने व्यवस्था मिलाएर शब ल्याईएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्