भारतमा कोरोनाका कारण १२ हजार भन्दा बढीको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

भारतमा कोरोनाका कारण १२ हजार भन्दा बढीको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ५, दाङ ।

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ हजार भन्दा बढी पुगेको छ । भारतमा हाल सम्म १२ हजार ६ सय ५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । भारतमा हाल सम्म ३ लाख ८१ हजार ४ सय भन्दा धेरै सङ्क्रमित भएका छन् ।

भारत विश्वमा नै कोरोनाका कारण धेरै प्रभावित हुने देश मध्ये चौथोमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म दुई लाखभन्दा बढी सङ्क्रमित डिस्चार्ज वा निको भइसकेका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २० हजार ५ सय ४ संक्रमित फेला परेका छन् भने पाँच हजार ७ सय ५१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५२ हजार ३३४ सङ्क्रमित भएका छन् । दिल्लीमा ४९ हजार ९७९ संक्रमित भेटिँदा एक हजार ९६९ को मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्