पाल्पामा विद्यार्थीलाई खुल्ला चौरमा राखेर पठनपाठन – Kanika Khabar
Friday, April 26Nepali News Portal

पाल्पामा विद्यार्थीलाई खुल्ला चौरमा राखेर पठनपाठन

    मा प्रकाशित

कनिका खबर
असार ५, पाल्पा ।
लामो समयदेखि बन्दाबन्दीका कारण विद्यालयहरु पनि बन्द रहेका छन् । यसैबिच पाल्पाको रैनादेवी छहरामा रहेको भैरव नवदीप माध्यामिक विद्यालयले बिद्यार्थीलाई खुल्ला चौरमा राखेर पठन पाठन गराउन सूरु गरेको छ । लामो समय विद्यालय जान नपाएर अन्यौलमा परेका विद्यार्थीहरु पढ्न पाउदा भने खुशी भएका छन् । पाल्पाको रैनादेवी छहराको भैरव माध्यामिक विद्यालयले दुरी कायम गर्दै बिद्यार्थीहरुलाई सार्बजनिक भवन र खुल्ला चौरमा राखेर पढाउन सुरु गरेको छ ।

कोरोना महामारीले झन्डै तिन महिना स्कुल जान नपाएका विद्यार्थीहरु पढ्न पाएपछि खुसी भएका छन् । सरकारले लकडाउनका बेला अनलाइन, टेलिभिजन र रेडियो बाट पढाउन थाले पनि दुरदराजका विद्यार्थीहरुका लागि यो शिक्षा त्यति प्रभावकारी नभएको भन्दै विद्यालयले बरु फराकिलो चौर र सभाहलमा नै राखेर पढाउन थालेको भैरव नवदीप छहराका प्रध्यानाध्यापक झलक बहादुर रायमाझीले जानकारी दिए । नयाँ शैक्षिक सत्रको सुरुवात संगै दुरी कायम गरी पठनपाठन गर्ने, गृहकार्य दिने शिक्षक र विद्यार्थीहरु लाइ पाएक पर्ने स्थानमा साताको तिन दिन पालैपालो गएर पढाउने काम विद्यालयले सुरु गरेको शिक्षक दामोदर घिमिरेले जानकारी दिए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख निशा पान्डेले गाउँपालिका भित्र रहेका सबै बिद्यालयसँग सल्लाह गरेर टोल, टोलमा शिक्षक पठाइ विषयगत जानकारीसँगै दुरी कायम गर्दै पठनपाठन गर्ने तयारी गरेको जानकारी दिइन् । गाउँपालिकाको भगवति आधारभुत विद्यालयले केही समय अगाडि बाट यस्तो खालको शिक्षा दिन सुरु गरेको थियो भने भैरव माविले पनि दुरी कायम गर्दै विद्यार्थीलाइ पढाउन सुरु गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्