प्रतिष्ठानका आकस्मिकसहित सबै सेवा दुई दिन बन्द – Kanika Khabar
Thursday, May 21Nepali News Portal

प्रतिष्ठानका आकस्मिकसहित सबै सेवा दुई दिन बन्द

    मा प्रकाशित

कनिका खबर
असार ५, दाङ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई दिनका लागि प्रतिष्ठानका आकस्मिक लगायत सबै सेवा बन्द हुने प्रतिष्ठानले जनाएको छ । यही असार ६ र ७ गते प्रतिष्ठानको सेवा बन्द रहनेछ ।
आज शुक्रबार प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै अस्पताल परिसर स्टेरलाइज (जीवाणु वा कीटाणु मार्ने काम) गर्नुपर्ने भएकोले आकस्मिकसहित सबै सेवा दुई दिनका लागि बन्द रहेको कायममुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइएको छ ।

प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रशाद देवका अनुसार ३९ वर्षीय एक चिकित्सक, ३४ र २५ वर्षीया दुई नर्स र ४२ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो।

कम्तिमा पनि अबको दुई दिनसम्म प्रतिष्ठान सिल गरिने उनले बताए। ‘हामी दुई दिन प्रतिष्ठानमा विरामी भर्ना लिँदैनौं र पूरै प्रतिष्ठान निर्मलीकरण गर्छौं,’ देवले भने। प्रतिष्ठानमा कार्यरत, कर्मचारी, चिकित्सक लगाए सबैको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने देवले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्