पार्टी कार्यालयबाट विद्यालयको गतिविधि – Kanika Khabar
Thursday, April 18Nepali News Portal

पार्टी कार्यालयबाट विद्यालयको गतिविधि

    मा प्रकाशित

गोपाल शर्मा भट्टराई
असार ५, दाङ ।

तुलसीपुरको एक विद्यालयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा प्रयोग गरेर विद्यार्थी भर्ना गर्न सुरु गरेको छ । तुलसीपुर उपमहानगपालिका–६ मा रहेको माध्यमिक विद्यालय सेन्टरले तुलसीपुरमा रहेको नेकपाको पार्टी कार्यालयमा स्कूल चलाएको हो।

पार्टी कार्यालयमा स्कुल स्थापना गरेर, विद्यार्थी भर्नादेखि, पाठ्यपुस्तक वितरणसम्म गर्न थालिएको छ। शैक्षिक थलोलाई पार्टीको झण्डा मुनी विद्यार्थी भर्ना गर्ने काम भएको भन्दै केहि अभिभावकहरुले भने त्यसको विरोध गरेका छन्। शैक्षिक क्षेत्रलाई राजनीतिक थलो बनाउने उदेश्य लिएको जस्तो लाग्यो, एक अभिभावकले भने ुविद्यालय प्रशासनले राम्रो काम गरेन।ु उनले तत्काल पार्टीको झण्डा मुनीको शैक्षिक क्रियाकलापलाई अर्को स्थानमा सार्नुपर्ने बताए। विद्यालयका क्यारेन्टाइन भएकाले विद्यालय बाहिर विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण गर्न थालिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएकाले अन्य विकल्प नदेखेपछि त्यहाँ गएर विद्यालयको काम गरिएको बताए। उनले विद्यालयमा एक हजार ५ सय विद्यार्थी रहेको र खुला स्थानको पनि आवश्यक हुने हुँदा, सुरक्षाको लागि त्यो ठाउँ रोजिएको बताए। आफनो राजनीतिक कुनै नियत नभएको र सजिलोको लागि काम गरेको दावी पौडेलले गरे।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले पार्टी कार्यालयमा विद्यालय स्थापना गर्ने कार्य गलत भएको बताए। ‘विद्यालयभित्र पार्टीको कार्यक्रम गर्न रोक्नेु उनले भने ुतर पार्टीको भण्डा मुनी विद्यालयका गतिविधि सञ्चालन गर्ने भन्न हुँदैन। उनले विद्यालयलाई राजनीतिक झण्डा बोकाउनु हुँदैन। मैले कुनै पनि पार्टी कार्यालयमा गएर विद्यालयको काम नगर्नुहोस, अन्यत्र सार्नुहोस भनिसकेको छुु उनले भने यो विषयमा मलाई पनि अलि ढिला जानकारी भयो। सत्ता पक्ष होस वा विपक्ष जो कोहीको पनि पार्टी कार्यालयमा स्कुल जानु हुँदैन। यो विषयमा महाशाखासँग समन्वय पनि भएको छैन्। अनुमति पनि छैन’ उनले भने। केही दिनदेखि विद्यालयले कक्षागत रुपमा भर्ना थालेको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्