समसामयिक विषयमा रणनीति तय गर्न नेपाली सेनाको पृतनापति सम्मेलन सुरु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

समसामयिक विषयमा रणनीति तय गर्न नेपाली सेनाको पृतनापति सम्मेलन सुरु

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।
समसामयिक विषयमा नेपाली सेनाको भावी रणनीतिबारे छलफल गर्नका लागि शुक्रबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा पृतनापति सम्मेलन भएको छ ।म मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भावी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय पृतनापति सम्मेलन शुरु भएको हो ।

सम्मेलनमा उपत्यका बाहिरका सात र उपत्यका पृतनाले आ–आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुति गरिने कार्यक्रम तय भएको छ ।
पृतनापति सम्मेलनमा खासगरी राष्ट्रिय सुरक्षा अवस्था, कोभिड–१९ को जिम्मेवारीको समीक्षाका साथै सहजीकार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलापलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाले कोभिड–१९ को जोखिम, नियन्त्रण र प्रतिकार्यमा प्रमुख जिम्मेवारीका साथ काम गर्दै आएको छ । सेनाले प्रत्येक छ–छ महिनामा पृतना सम्मेलन गर्दै आएको छ । यो सम्मेलन भोलि आइतबार सकिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्