वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय, पढ्न जान पनि पाइने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय, पढ्न जान पनि पाइने

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।
सरकारले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको हिजो शुक्रबार बसेको बैठकले विदामा आएकालाई रोजगारीका लागि जान दिने र नयाँ रोजगारीमा जानेलाई पनि नरोक्ने निर्णय गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको समितिका सदस्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीको हकमा भने शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइने मन्त्री ज्ञवालीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्