मलाला यूसुफजाईले पुरागरिन स्नातक डिग्री – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

मलाला यूसुफजाईले पुरागरिन स्नातक डिग्री

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ
नोबल शान्ति पुरस्कार विजेता एवं शैक्षिक अभियान्ता मलाला यूसुफजईले बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशासत्र, राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातक डिग्री पुरा गरेकी छिन् । उनले आफ्नो खुशी साट्नका लागि शोसन मीडियाको साहारा लिएकी थिईन् ।
सानै उमेर देखि बालिका शिक्षाको लागि अभियान्ता बनोकी मलाला यूसुफजाईलाई विद्यालयबाट घर फर्कने क्रममा ९ अक्टोवर २०१२मा १५ वर्षको उमेरको हुने वेलामा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा तालिबानी आतंककारीहरुले टाउकोमा गोली हानी हत्या गर्ने प्रयास गरेका थिए ।त्यस घटना पश्चात उनी तालिबानी क्रुरताको शिकार बनेका मानिसहरुको एक प्रतिकको रुपमा स्थापित भएकी हुन् ।
मलाला यूसुफजई विश्वकै सबैभन्दा सानो उमेरही नोबल पुरस्कार विजेता हुन् । सन् २०१४ अक्टोवरमा भारतका चार्तित बाल अधिकारका अभियान्ता कैलाश सत्यार्थीसंगै मलालालाई संयुक्त रुपमा शान्ति तर्फको नोबल पुरस्कार विजेता घोषणा गरिएको थियो जति वेला उनी १७ वर्षकी थिईन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्