हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउछौ : स्वास्थ्यमन्त्री – Kanika Khabar
Saturday, April 20Nepali News Portal

हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउछौ : स्वास्थ्यमन्त्री

    मा प्रकाशित

कनिका डेस्क
असार ६, दाङ
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने दावी गर्नुभएको छ ।
आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने बताउनुभएको हो ।
अहिले भएकामा जनशक्ति थपेर, २४ सै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने उहाँको भनाइ छ । उहाँले निजी क्षेत्रबाट प्रतिदिन तीन हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिने बताउनुभयो ।
यस्तै मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन एक हजारसम्म जाच्ने गरी स्तरवृद्धि गरिने पनि बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्