प्रदेश दुइमा सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णयको बिरोध – Kanika Khabar
Thursday, August 13Nepali News Portal

प्रदेश दुइमा सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णयको बिरोध

    मा प्रकाशित

कनिका डेस्क
असार ६, दाङ
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश दुइमा विरोध भएको छ । आज बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् ।

साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको उनीहरूको आरोप छ । जनता समाजवादी पार्टीका सांसद मनिष सुमनले राज्य व्यवस्था समितिलाई प्रभावित गर्दै नेकपाले यस्तो निर्णय गरेको बताउनुभयो । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले विवाह गरेर आएको सात बर्षको बीचमा बच्चा जन्मियो र त्यहीं बीचमा महिलाका पतिको देहान्त भएमा महिलाले कसरी अधिकार पाउने भनी प्रश्न गर्नुभयो । उहाँले कुनै राजनीतिक कारणले सम्बन्ध बिथोल्ने कार्य कदापी मान्य नहुने बताउनुभयो ।

२०६३ को अन्तरिम संविधानकै आधारमा वैवाहिक अंगीकृत नागरिकता उपलब्ध गराउनुपर्ने उहाँले माग गर्नुभयो । जनता समाजवादीका सांसद चमेलीदेवी दासले बच्चाका आमा बुवाको जन्म दर्ता नभए बच्चाको जन्म दर्ता समेत नबनाउने गरिएको भन्दै यो दुःख ती महिलाका सन्तानले समेत भोग्नुपर्ने बताउनुभयो ।

उहाँले यो निर्णय नसच्चिए सम्पूर्ण महिला आन्दोलमा उत्रने बताउनुभयो । जनता समाजवादी पार्टीकै सांसद रानीशर्मा तिबारीले विवाह गरेको दिन महिलाका श्रीमानको केहि भयो भने महिलालाई ठूलो समस्या हुने भएकाले यो निर्णय कदापी नमान्ने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्