दुइ सय ३३ जना नेपाली कामदार लिएर कोरियन एयर फर्कियो – Kanika Khabar
Friday, April 19Nepali News Portal

दुइ सय ३३ जना नेपाली कामदार लिएर कोरियन एयर फर्कियो

    मा प्रकाशित

कनिका डेस्क
असार ६, दाङ
कोरियन एयरले दक्षिण कोरियामा अलपत्र परेका २२८ जना नेपालीलाई काठमाडौं ल्याइपु¥याएको छ । नेपालबाट ईपीएस पास गरेर कोरिया जाने तयारीमा रहेका कामदार लिन आएको कोरियन एयरले त्यहाँ अलपत्र परेका नेपालीलाइ आज काठमाडौँ ल्याइपु¥याएको हो । विमानले दुइ सय ३३ जना नेपाली कामदार लिएर कोरिया फर्किएको छ ।

नेपाल आउन लागेको कोरियन एयरमार्फत अप्ठ्यारोमा परेका नेपाली ल्याउने व्यवस्था गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो । यसअघि एनआरएनए कोरियाले उद्धार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति पाएको थिएन ।

कोरोना सङ्ंक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल जानैपर्ने अवस्थामा कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो । अहिले कोरियास्थित नेपाली दूतावासमा ११ सय जनाभन्दा बढी नेपाली विविध समस्यामा रहेको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्