यार्सा लुकिछिपी संकलन गर्ने क्रम सुरु – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

यार्सा लुकिछिपी संकलन गर्ने क्रम सुरु

    मा प्रकाशित

कनिका संवाददाता
असार ६, बझाङ
नोबेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश लम्बिएसँगै स्थानीय तहले यस वर्ष यार्सा टिप्न रोक लगाएका छन् । संकलकहरु भने लुकिछिपी यार्सा संकलन गर्न हिमाली पाटन सम्म पुग्न थालेका छन् ।
बझाङ सहित देशका अघिकांस हिमाली जिल्लाका स्थानीयहरु आम्दानीको प्रमुख स्रोत मानीएको यार्सागुम्बा संकलन गर्न हिमाली पाटनमा पुग्थे । तर, यस वर्ष भने स्थानीय तहले यार्सा संकलनमा प्रतिवन्ध लगाएछि लुकिछिपी संकलन गर्ने गरिएको छ । बझाङ साइपालका बिर्ख बोहरा खेर जाने यार्सा आफूहरुले सङ्कलन गर्न पाउनुपर्ने बताउनुहुन्छ ।
सरकारले बन्दाबन्दीलाई केहि खुकुलो बनाएसँगै यार्सा संकलन खोल्न दबाब पनि स्थानीयले दिइरहेका छन् । यार्सा संकलन रोकिदा जिल्लाको अर्थतन्त्र चौपट हुनका साथै स्थानीयको जीविकाको आधार खोसीने चिन्ता छ । सुर्माका धौली बोहरा कित सरकारले राहत दिनुपर्ने होइन भने यार्सा सङ्कलन गर्न दिनुपर्ने बताउनुहुन्छ । लुकिछिपी पाटन उक्लीनेहरुलाई वन कार्यालयले नियन्त्रणमा लिन थालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा संकलकलाई पक्राउ गरि कारवाहि गर्न थालिएको हो । सुर्मा गाउँपालीकाका अध्यक्ष नर बहादुर बोहरा यार्सा संकलन गर्न हिड्नेहरुलाइ नियन्त्रण गर्ने कोशिश भने गरिएको बताउँनुहुन्छ ।
यार्सा टिप्न यस वर्ष प्रतिबन्ध लगाइएको भए पनि लुकीछीपी स्थानीयहरु हिमालतर्फ जान छोडेका छैनन । यार्सा संकलनको अनुमति दिन माग गर्दै बझाङ उद्योग बाणिज्य संघले पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्