कोरोना भाइरस विश्वका लागि नयाँ खतरा बनेको डब्लुएचओको चेतावनी – Kanika Khabar
Tuesday, June 6Nepali News Portal

कोरोना भाइरस विश्वका लागि नयाँ खतरा बनेको डब्लुएचओको चेतावनी

    मा प्रकाशित

कानिका डेस्क
असार ६, दाङ
कोरोना भाइरस महामारीलाई लिएर विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । संगठनले कोरोना भाइरस विश्वका लागि अब नयाँ खतरा बनेको र अझ बढी खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिएको हो ।
हिजो नियमित जानकारी दिने क्रममा संगठनका महानिर्देशक डा. टेड्रोस अधोनम घेब्रेयससले विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस महामारीको अलग अलग चरण भएपनि यसले विश्व स्तरमा तीव्रता लिएको बताउनुभयो ।
उहाँले कोरोना भाइरस झन् बढी खतरनाक तरिकाले फैलिँदै गएको र मानिसहरुमा यसको खतरा पनि बढ्दै गएको भन्दै सबैलाई सचेत गराउनुभयो ।
हिजो विश्वभर हालसम्मकै धेरै एक लाख ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेको भन्दै टेड्रोसले सबैभन्दा बढी संक्रमित अमेरिका, दक्षिण एसिया र मध्यपूर्व क्षेत्रमा फेला परेको बताउनुभयो । संक्रमण फैलिने गतिलाई ध्यानमा राखेर भौतिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, हात धुने र सरसफाईमा ध्यान दिन पनि उहाँले सुझाव दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्