शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा उपचारको क्रममा निधन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा उपचारको क्रममा निधन

    मा प्रकाशित

कानिका डेस्क
असार ६, दाङ
लामो समयदेखि क्यान्सर रोगबाट पीडित प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या (पीके) क्याम्पसको स्थापना तथा जग्गा व्यवस्थापन भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले नै लागू गरेकी थिइन् ।

सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा जन्मिएकि जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षाआर्जन गरेकी थिइन् ।

२००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए सम्मका शिक्षा हासिल गरीन भने बेलायतबाट ब्यारिस्टर (कानुनमा अधिवक्ता) बन्ने पहिलो महिला समेत भइन्। साथै क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला पनि हुन् ।

जोशीको शनिबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्