सुशांत राजपूत आत्महत्याको छानविन तिब्र – Kanika Khabar
Monday, November 17Nepali News Portal

सुशांत राजपूत आत्महत्याको छानविन तिब्र

    मा प्रकाशित

कनिका खवर
असार ६, दाङ
बलिउडका उदयमान अभिनेता सुशांत राजपूतको आत्महत्याको विषयमा विभिन्न शंकाहरु उब्जिएपछि मुम्बई पुलिसले यस केसको छानविन तिब्र बनाएको छ ।
यस केसको छानविनलाई छिटो निश्कर्षमा पुर्‍याउनका लागि तीनवटा टोली गठनगरी काम भइरहेको जनाकारी मुम्बई पुलिसले दिएको छ ।

उता बान्द्रा पुलिसले सुशांतकी साथि रियासंग पुनः सोधपुछ गर्ने तयारी गरेको छ । सुत्रका अनुसार सुशांनको तीनवटा मध्य दुईवटा कम्पनीमा रिया डाइरेक्टर छिन् । एउटा कम्पनीमा रियाको भाई शोविक चक्रवर्ती एडिशनल डाइरेक्टर थिए । पहिलो सोधपुछमा रियाले फाइनान्सियल ट्रान्ज्याक्सनको बारेमा जानकारी नदिएको बताइएको छ । यि तीन कम्पनीमा सुशांन्तले आफ्नो कमाईको ठूलो हिस्सा इन्भेष्टमेन्ट गरेका थिए ।

यस केसको छानविनको लागि गठित तीन वटा टोली मध्येको एकले बलिउडमा नेपोटिज्म (नातावाद) को बारेमा छानविन गर्नेछ । दोश्रो टोलीले सुशांतको नजिकका साथिहरु, परिवारका सदस्यहरुका साथै उनिसंग काम गरेका फिल्म उद्योगसंग जोडिएका व्यक्तिहरुसंग सोधुपुछ गर्नेछ भने तेस्रो टोलीले यि दुई टोलीलाई सहयोग गर्नुका साथै सुशांतको डिप्रेशनको कारणको खोजि गर्नेछन् ।

यसभन्दा पहिला विहिबारको दिनमा रियासँग ११ घण्टासम्म सोधपुछ गरिएको थियो । यस मामलामा सुशांतकी पूर्व गर्लफ्रेन्ड अंकिता लोखंडेसंग पनि सोधपुछ गर्नसक्नेछ ।

मीडिया रिपोर्ट अनुसार, सुशांतको परिवारले रियालाई अन्तिम संस्कारमा समाबेश नहुन भनेको थियो । उनी सुशांतको शवलाई हेर्नका लागि कूपर अस्पताल गएकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्