सीमादेखि बस्तीसम्मको विकासमा प्रदेश सरकार – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

सीमादेखि बस्तीसम्मको विकासमा प्रदेश सरकार

    मा प्रकाशित

कनिका खबर
धकधई (रुपन्देही), ६ असार ।
प्रदेश नं. ५ सरकारले सीमादेखि बस्तीसम्मको विकासलाई मुख्य प्राथामिकतामा राखेको छ । भारतीय सीमासँग जोडिएका बस्तीहरुको विकासमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुका त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र कृषिलाई अगाडि बढाएको प्रदेश नं.५ का प्रदेश सभा सदस्य अर्थात अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले बताए ।
शुक्रवार रुपन्देहीको रोहिणी गाँउपालिकामा निर्माणधीन जनता आवाज कार्यक्रम अन्तरगत बनेका भवनहरुको अनुगमनमा सीमा क्षेत्र पुगेका सभापति न्यौपानेले प्रदेश सरकार सीमादेखि बस्तीसम्मको विकासमा लागिरहेको बताए ।
आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकारबाट गरिब, असाहय र विपन्न वर्गका लागि परेको जनता आवास कार्यक्रम अन्तरगतको बजेटबाट रोहिणी गाउँपालिकामा निर्माण भैरहेका भवनहरुको अनुगमन गर्ने क्रममा उनले जनताको जीवन स्तरमाथि उकास्नका लागि प्रदेश सरकार तत्परताका साथ लागेको जानकारी दिए ।
उनले गरिव तथा असाहयका लागि प्रदेश सरकारले थप योजनाहरु अगाडि सारेको बताउदै आगामी वर्षमा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमा बजेट विनियोजित गरेको जानकारी दिए ।
रोहिणी गाउँपालिका वार्ड नं. २,४,५ र ६ मा प्रदेश सरकारले निर्माण गरिरहेको २३ वटा जनता आवाज कार्यक्रम अन्तरगत बनिरहेका भवनहरुले गरिव तथा असाहयहरुको मुहार खुसी ल्याउने न्यौपानेले बताए ।
सभापति न्यौपानेले त्यसक्षेत्रमा निर्माणधीन वेनिपुर मदरसा र मुख्यमन्त्री ग्रामीण कृषि कार्यक्रमको प्रगति विवरण समेत जानकारी लिएको उनका स्वकीय सचिव हिमाल पाण्डेले जानकारी दिए ।
प्रदेश सभा सदस्यमा निर्वाचित भएसँगै मधेसको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएका न्यौपानेले आगामी वर्षका लागि समेत धेरै योजनाहरु लिएर गाउँगाउँमा पुगेको नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य प्रदिप पाण्डेले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्