मनाङमा पनि कोरोना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

मनाङमा पनि कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।
आज मनाङमा पहिलो पटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बढी संक्रमण रहेको जिल्ला कपिलबस्तुबाट गएका ती कर्मचारीमा मनाङ पुगेपछि कोरोना पुष्टि भएको हो । ती कर्मचारीसहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ७७ जना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशमा मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोदबिन्दु शर्माका अनुसार मनाङमा फेला परेका संक्रमित चामे गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । ५७ वर्षका ती पुरुष कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का हुन् । कपिलबस्तुबाट झन्डै २५ दिनअघि उनी कार्यालय फर्किएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्