मुस्ताङमा पनि कोरोना पुष्टि – Kanika Khabar
Thursday, June 11Nepali News Portal

मुस्ताङमा पनि कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।
हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोनाका बिरामी फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिकाका ८३ वर्षिय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो। मुस्ताङमा संक्रमित फेला परेसँगै प्रदेशका सबै ११ जिल्लामा संक्रमण पुगेको छ।

गत जेठ ३१ गते काठमाडौंको बौद्धबाट मुस्ताङ पुगेका घरपझोङ–१, छैरोस्थित तिब्बतीयन क्याम्प निवासी ८३ वर्षिय पुरुषको घाँसास्थित कोरोनाको आरडिटी क्लिनिकमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो। असार २ गते स्वाव संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएकोमा पोखराको प्रयोगशालामा कोरोनो पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्