फेरि बढ्न थाल्यो अमेरिकामा कोरोना संक्रमण, एकैदिन थपिए ३० हजार संक्रमित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

फेरि बढ्न थाल्यो अमेरिकामा कोरोना संक्रमण, एकैदिन थपिए ३० हजार संक्रमित

    मा प्रकाशित

एजेन्सी
न्यू योर्क, असार ७
अमेरिकामा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। फ्लोरिडा र साउथ क्यारोलिनामा लगातार तेश्रो दिन संक्रमित संख्याले नयाँ रेकर्ड कायम गरेको छ।

फ्लोरिडा र साउथ क्यारोलिनासँगै मिसौरी र नेभेडा राज्यमा संक्रमणदर शनिबार नयाँ बिन्दुमा पुगेको छ।

शुक्रबार अमेरिकामा ३० हजार बढी नयाँ संक्रमित थपिएका छन्। यो संख्या मे १ यताकै उच्च हो। अमेरिकाका दक्षिण, पश्चिम र मध्य(पश्चिमका १९ राज्यमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।

फ्लोरिडामा शनिबार शुक्रबार भेटिएका ३ हजार ८ सय २२ संक्रमित संख्यालाई उछिन्दै ४ हजार ४९ नयाँ संक्रमित फेला परेका छन्।

बिहीबार भने यो संख्या ३ हजार २ सय ७ थियो।

१ हजार १ सय ५५ संक्रमित थपिएसँगै साउथ क्यारोलिनाले आफ्नो रेकर्ड तोडेको छ भने नेभेडा र मिसौरीमा क्रमशः ४ सय ५२ र ३ सय ७५ संक्रमित फेला परेका छन्।

फेला परेका नयाँ संक्रमितमा धेरै २० र ३० को उमेर समूहका रहेका छन्।

शनिबार फ्लोरिडा राज्यको स्वास्थ्य विभागले अतिरिक्त स्वास्थ्य निर्देशिका जारी गर्दै मानिसहरूलाई ५० जना भन्दा बढी संख्याको जमघटबाट टाढै बस्न भनेको छ। उसले सामाजिक दुरी कायम गर्ने र मास्कको प्रयोग गर्न आग्रह गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट २७ मा ज्याकसनभेलीमा करिब १५ हजार मानिसलाई राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

फिलाडेलफियाको बाल अस्पतालको नीति विभागले फ्लोरिडामा कोरोनाको इपिसेन्टेर बन्नसक्ने सबै सम्भावना रहेको विभिन्न नमुना पेस गरेको छ।

दक्षिणका अधिकारीहरूले युवाहरूमा संक्रमण बढ्न सक्ने खतरा औल्याएका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्