गोठमा आगलागी हुँदा १ लाख बराबरको क्षति – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

गोठमा आगलागी हुँदा १ लाख बराबरको क्षति

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
तुलसीपुर वडा नं. १२ शिवपुरस्थित एक गोठमा आगलागी हुँदा एउटा भैंसी जलेर मरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ शिवपुर निवासी लिलाधर खड्काको गोठमा आगलागी हुँदा भैंसी जलेर मरेको हो । शनिवार राति साढे १० बजेतिर विद्युत सर्ट भई आगो लागेको हो । खड्काको टिनको छानायुक्त गोठमा लागलागी भएको थियो ।
गोठभित्र राखिएको भूस, परालमा आगो सल्किएपछि भैंसी जोगाउन नसकिएको पीडितले बताए । आगलागीवाट झन्डै एकलाख बराबरको क्षति भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्