लोकप्रियता गुमाउँदै ट्रंम, मानिसको उपस्थिति कम भए पछि चनावी र्‍याली रद्ध । – Kanika Khabar
Thursday, June 19Nepali News Portal

लोकप्रियता गुमाउँदै ट्रंम, मानिसको उपस्थिति कम भए पछि चनावी र्‍याली रद्ध ।

    मा प्रकाशित

कनिका खवर
असार ७, दाङ
कोरोनाको संक्रमणको कारणले रोकिएको चुनावी सभा शुरु गर्दै अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रंपले ओक्लाहोमा चुनावी सभाको आयोजना गरे तर त्यस सभामा कम मानिसहरुको उपस्थिति भए पश्चात टुलसामा हुने तय भएको अर्को सभा रद्द गरिएको छ ।
ट्रंपका समर्थकहरुका अनुसार उनिहरु उत्साहित छन् तर मिडिया र अश्वेतहरुको प्रदर्शनीका कारणले गर्दा मानिसहरुका कम उपस्थितिएको आरोप लगाएका छन् र
गत मार्च पश्चात ट्रंपको पहिलो र्याली शनिबारको दिन ओक्लाहोमामा भएको थिए । कोरोना भाइरसको संक्रमणको विचमा र्याली हुनलागेको भनेर केहि व्यक्तिहरुले ओक्लाहोमाको सुप्रिम कोर्टमा निवेदन दिएका थिए तर कोर्टले उक्त निवेदनलाई खारेज गरिदिएको थियो ।
मुरटागले शुक्रबारका दिनमा ओक्लाहोमामा र्यालीमा धेरै मानिसहरुको उपस्थिति रहने बताएका थिए । उनले ओक्लाहोमाको बीओके सेन्टर स्टेडियम सानो हुने दाबि गरेका थिए । उक्त स्टेडियममा १९ हजार मानिसहरु बस्न सक्ने क्षमताको छ तर हामीलाई १० लाख भन्दा बढी मानिसहरुले टिकटको माग गरेका थिए । उनले दाबि गरे अनुसार भएन् । मिडियाका अनुसार र्यालीमा प्रवेशको लागि बनाइएको रजिष्टरमा हजारौँ व्यक्तिको नाम थियो तर स्टेडियको भित्र भने कमै मानिसहरु देखिन्थ्य ।
अमेरिकामा आउँदो नोभेम्बरमा चुनाव हुँदैछ । अमेरिकामा गरिएका धेरैजसो ओपेनियन पोलहरुले ट्रमको लोकप्रियता कम हुँदै गएको देखाएका छन् । ट्रंप अहिले थुप्रै राजनीतिक विरोधको सामना गरिरहेका छन् । उनका सल्लाहकारका अनुसार, पहिले कोरोना भाइरससंग लडनका लागि ट्रमको नीति र अहिले नस्लीय भेदभावलाई लिएर देशभरी भइरहेको प्रदर्शनीको असर र्यालीहरुमा देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्