थप ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो – Kanika Khabar
Thursday, December 9Nepali News Portal

थप ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ

पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ९०२६ पुगेको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ४ सय २१ जना संक्रमित थपिएका छन्। हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा कोरोना निको भएर घर फर्किनेको संख्या १९४ पुगेको छ ।

हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ भने १७७२ जना डिस्चार्ज भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्