कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्या एक सय ३० पुग्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्या एक सय ३० पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
कोरोना भाइरस सङ्मणका कारण अहिलेसम्म विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्या एक सय ३० पुगेको छ । गत सातासम्म एक सय २७ जनाको मृत्यु भएकोमा यो साता थप तीन जना नेपालीको मृत्यु भएपछि मृत्यु हुने नेपालीको संख्या एक सय ३० पुगेको हो । यो साता मृत्यु भएका तीनै जना कतारका रहेका गैरआवासीय नेपाली संघले जनाएको छ ।
गत साता कोरोना सङमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । तर यो साता थप तीन जना नेपालीको मृत्यु भएको संघले जनाएको हो । योसँगै नौ साताको अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या एक सय ३० पुगेको संघका प्रेस संयोजक चिरन शर्माले सीआइएनसँग बताउनुभयो । उहाँका अनुसार हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस सङमणका कारण ज्यान गइसकेको छ ।
यो साता विदेशमा १० हजारभन्दा बढी नेपाली कोरोना सङमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङकङ, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपाली कोरोना सङमणबाट मुक्त भएका हुन् । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार सात सय ९२ जना नेपाली कोरोना भाइरसबाट सङमिक भएका छन् । संघका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको सङमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्