अङ्गीकृत नागरिकता दिने प्रस्ताव संविधान विपरीत भएको नेता महतोको टिप्पणी – Kanika Khabar
Friday, April 19Nepali News Portal

अङ्गीकृत नागरिकता दिने प्रस्ताव संविधान विपरीत भएको नेता महतोको टिप्पणी

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताएका छन् । संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई सात वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको छ ।
समितिको आजको बैठकमा जसपा सांसद महतोले यसको विरोध गरेका हुन् । अंगीकृत नागरिकका सन्दर्भमा जे बन्देज लगाउनु थियो, संविधानमा लगाइसकिएकाले अहिले फेरि ७ वर्षको प्रस्ताव किन गरिएको भन्दै प्रश्न गरे ।
यस्तो किन प्रस्ताव आयो बुझ्न नसकेको भन्दै महतोले हामीले कहाँ प्रहार गर्न खोजेको हो र जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो उनले प्रश्न गरे ।
सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावलाई राष्ट्रियतासँग जोड्न खोजिएको भन्दै उनले वैवाहिक सम्बन्धले राष्ट्रियतामा कहाँ असर परेको छ भन्ने प्रश्न गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्