आकासियो सुनको भाउ, आज तोलाको ९० हजार नाघ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

आकासियो सुनको भाउ, आज तोलाको ९० हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।

नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा सात सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो ।
आजको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार नौ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आजका लागि महासंघले चाँदीको भाउ भने नौ सय ४० रुपैयाँ तोकेको छ । चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्