दाङमा थप ११ जनामा काेराेना पुष्टि – Kanika Khabar
Saturday, April 27Nepali News Portal

दाङमा थप ११ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खबर

असार ७, दाङ ।

दाङमा आज आइतबार थप ११ जना व्यक्तिमा कोरोना देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा तुलसीपुरका ५, गढवाका ३, घोराहीका २ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३, १६ र १८ का १९, १६, १९, २३ र ३९ वर्षका पुरुषमा कोरोना देखिएको छ । त्यस्तै गढवाको कालाकाँटे क्वारेन्टाइनमा बसेका ७९ जना मध्ये २० जनाको जाँच गर्दा वडा नम्बर १, २ र ५ का १४, २४ र १५ बर्षका तीन पुरुषमा पनि कोरोना देखिएको छ ।

यसैगरी, घोराही उपमहानगरको २ सय ६७ जना मध्य १ सय ३१ जनाको स्वाब परिक्षण भएकोमा वडा नम्बर १ का ३२ र वडा नम्बर ३ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ सय २४ जना स्वास्थ्यकर्मी एवं कर्मचारीमा गरिएको परीक्षणमा रोल्पा घर भएका २५ वर्षीय पुरुष एक जना कर्मचारीमा कोरोना देखिएको प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।

साथै बंगलाचुलीको ९५ वटा स्वाबमा ७० वटाको जाँच गर्दा सबै नेगेटिभ नतिजा आएको छ । यसैगरी प्रतिष्ठानमा अब ३ हजार २ सय ४४ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ७२ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्